तनहुँ : गण्डकी प्रदेशमा ८ जिल्लाका बुधबार थप १ सय ६५ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा ४ सय १ जनाको पिसीआर परीक्षण भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । तीमध्ये २ सय ३६ रिपोर्ट नेगेटिभ आएको छ ।
थपिएका संक्रमित सबैभन्दा बढी कास्कीमा ६७ जना छन् । नवलपुरमा ६३ जना, तनहुँमा ११ जना, बाग्लुङमा ८ जना, स्याङजामा ६ जना, पर्वतमा ५ जना, गोरखामा ३ जना र लमजुङमा २ जनालाई कोरोना पुष्टी भएको हो । म्याग्दी, मुस्ताङ र मनाङमा भने संक्रमित थपिएनन् । बुधबार ४८ जना संक्रमित निको र १ जनाको मृत्यु भएको निर्देशनालयले जारी गरेको विवरणमा उल्लेख छ ।
बुधबार थपिएका संक्रमितसंगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ४ सय ७९ पुगेको छ । तीमध्ये ६ हजार ५ सय ९४ जना निको भएका छन् भने १ सय ४२ जनाको मृत्यु भएको छ । हालसम्म गण्डकीमा १ लाख ६ हजार ३ सय ६६ पिसीआर परिक्षण गरिएकोमा ९४ हजार ८ सय ८७ रिपोर्ट नेगेटिभ आएको छ ।