ऑबुखैरेनी खहरेबाट बस खस्यो, ११ जना घाइते (भिडियो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी खहरेबाट बस खस्यो, ११ जना घाइते (भिडियो सहित)

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७७, बिहीबार

    ऑबुखैरेनी : तनहुँको ऑबुखैरेनी गाउँपालिका-३ स्थित खहरेबाट बिहीबार बस खस्दा ११ जना घाइते भएका छन् । दमौलीबाट मुग्लिङतर्फ गइरहेको लु २ ख ८८३ नम्बरको बस खहरेखोलाको पुलबाट खस्दा ११ जना घाइते भएका हुन् ।

    घाइतेमध्ये तीन जनालाई चितवन मेडिकल कलेज रिफर गरिएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । घाइतेको ऑबुखैरेनी स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरिएको थियो ।

    तस्वीर/भिडियो : निरज श्रेष्ठ