तनहुँ : तनहुँको भानु नगरपालिका-२ रातोमाटेमा जनस्तरबाट मन्दिर पुननिर्माण शुरु भएको छ । सफल युवा व्यवसायी, त्रिपाठी बाख्रा फर्मका सञ्चालक तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई गोरखा/तनहुँका कर्मचारी भगवान त्रिपाठीले रु २६ हजार छ सय १० हस्तान्तरण सहित मन्दिरको शिलान्यास गरिएको छ ।
विसं २०७२ वैशाख १२ गतेको महाभूकम्भपबाट क्षतिग्रस्त मनकामना मन्दिर हालसम्म पनि तीन तहको सरकारबाट पुनः निर्माणको कार्य हुन नसक्दा यसै वडाका स्थानीय,विभिन्न संघसस्थाहरु, देशविदेशमा रहेका युवाहरूबाट नगद सहयोग सङ्कलन गरी पुननिर्माण शुरु भएको हो ।
सोही मन्दिर परिसरमा रहेको करिब ६५ रोपनी क्षेत्रफलमा फैलिएको सार्वजनिक जग्गामा भ्युटावर सहित व्यवस्थित पार्क निर्माण गरिने मन्दिर पुनःनिर्माण समितिका सचिव शिव बहादुर खड्काले जानकारी दिनुभयो।
उक्त मनकामना मन्दिरमा साउन महिना बाहेक अरु महिनामा पूजापाठ हुने र विशेषगरी हरेक वर्ष मङ्सिर पूर्णिमाको दिन तनहुँ, लमजुङ तथा गोर्खाबाट ठुलो सङ्ख्यामा भक्तजनहरु को भिडलाग्ने गर्दछ ।