काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहेबीच भेटवार्ता भएको छ । आइतबार अपरान्ह ओली र फेङहेबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयाे ।
आइतबार जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएकाे हाे । उहाँको स्वागतमा गृहमन्त्री रामबहादुर थापा बादल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्नुभएकाे थियाे ।