देवघाटमा बहुउद्देश्यीय भवन र वृद्धाश्रमको भोजन गृह निर्माण हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा बहुउद्देश्यीय भवन र वृद्धाश्रमको भोजन गृह निर्माण हुने

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०७७, सोमबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकामा बहुउद्देश्यीय पर्यटन पूर्वाधार व्यावसायिक भवन र वृद्धाश्रमको भोजन गृह निर्माण हुने भएको छ । देवघाट क्षेत्र विकास समितिबाट स्वीकृत पर्यटन पूर्वाधार व्यावसायिक भवन र वृद्धाश्रमको भोजन गृह निर्माण हुन लागेको हो ।

    व्यावसायिक भवनको लागत रु चार करोड ५० लाख र भोजनगृहको लागत रु ६० लाख अनुमान गरिएको क्षेत्र विकास समितिले जनाएको छ । यसैगरी गाउँपालिकामा दश शैय्याको अस्पताल समेत निर्माण हुने भएको छ । उक्त अस्पतालको सोमबार शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।