केन्द्रीय सदस्य श्रेष्ठलाई रोटरीको सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    केन्द्रीय सदस्य श्रेष्ठलाई रोटरीको सम्मान

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०७७, शुक्रबार


    तनहुँ : रोटरी क्ल अफ दमौलीले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित केन्द्रीय सदस्य देवकुमार श्रेष्ठलाई बिहीवार एक कार्यक्रमका बीच स्वागत तथा सम्मान गरेका छ । काठमाडौँमा हालै सम्पन्न उद्योग वाणिज्य महासंघको ५४औँ साधारणसभा तथा अधिवेशनबाट केन्द्रीय सदस्यमा निवार्चित श्रेष्ठ रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।

    क्लबले १०२७औँ नियमित बैठकको अवसरमा श्रेष्ठलाई स्वागत तथा सम्मान गरेको हो ।सम्मान पश्चात कार्यक्रममा श्रेष्ठले आफूमा थप उत्तरदायित्व थपिएको महशुस गरेको बताउनुभयो । रोटरी, जेसीज जस्ता सामाजिक संघसंस्थाले आफ्नो व्यक्तित्व विकास र सामाजिक पहिचान स्थापित गर्न ठूलो भूमिका खेलेको श्रेष्ठको भनाई थियो । सफल व्यवसायी बन्न स्पष्ट कार्यशैली र इमान्दारीता आवश्यक रहेको बताउँदै श्रेष्ठले आफ्नो जीतको कारण पनि त्यही भएको बताउनुभयो । आर्थिक समृद्धिका लागि अबको समयमा सरकारले नीजि क्षेत्रसँग सहकार्य गर्नुपर्ने उहॉको भनाइ थियो

    रोटरी क्लब अफ दमौलीका संस्थापक अध्यक्ष एवं संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले श्रेष्ठको जीतले समग्र तनहुँबासीलाई नै गौरवको अनुभूति दिलाएको बताउनुभयो । श्रेष्ठ सफल व्यवसायीका साथै उत्कृष्ट करदाता समेत भएको चर्चा गर्दै पोख्रेलले उहॉको कार्यशैलीबाट धेरै प्रेरणा मिलेको बताउनुभयो ।

    कार्यक्रममा रोटरी क्लबका अध्यक्ष दामोदर भण्डारी, निवर्तमान अध्यक्ष सुर्जाकुमार मल्ल, ईमकुमार मल्ल, महेन्द्र न्यौपाने, हरिराम श्रेष्ठ, राजीनलाल श्रेष्ठ, रोटरीका सचिव सागर आचार्य, उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ, इलेक्ट नोमेनी रामलाल श्रेष्ठ, रोटरीयन बिना कैनी, रोटर्याक्ट क्लब अफ दमौलीका अध्यक्ष राजकुमार श्रेष्ठ लगायतले श्रेष्ठको जीतले रोटरीको पहिचान र गरिमालाई थप उच्च बनाएको बताउनुभयो ।