मनकामना केवलकार आइतबारदेखि खुल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    मनकामना केवलकार आइतबारदेखि खुल्ने

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०७७, मंगलवार

    गोरखा : मनकामना केबलकार आइतबारदेखि खुल्ने भएको छ । कोरोना महामारीका कारण बिगत नौ महिनादेखि बन्द रहेको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर र केबलकार आउँदो आइतबारदेखि खुल्ने भएको हो ।

    मनकामना क्षेत्र विकास समितिको आह्वानमा मङ्गलबार सम्पन्न सर्वपक्षीय बैठकले बिगत नौ महिनादेखि बन्द रहेको मन्दिर र केवलकार खुलाउने निर्णय गरेको हो ।

    सर्वपक्षीय बैठकले भक्तजनलाई मन्दिरभित्र प्रवेश गर्न नदिने, पश्चिमतर्फको झ्यालबाट देवीको दर्शन गराउने, पुजारीले पञ्जा र मास्कको प्रयोग गरी भक्तजनको पूजासामग्री ग्रहण गरी पूजा गर्ने लगायतका निर्णय गरेको छ ।

    स्थानीय स्तरमा समन्वय गरेर केवलकार चलाउन सकिने पत्र प्राप्त भएकाले गाउँपालिका, मनकामना क्षेत्र विकास समिति, स्थानीयस्तरको उद्योग वाणिज्य संघको बजार इकाइसँग समन्वय गरी आउँदो आइतबारबाट केवलकार चलाउने तयारी गरिएको स्टेशन मेनेजर उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।

    मनकामना मन्दिर र केवलकार सञ्चालन गर्नेबारे जिल्लास्तरको विपत व्यवस्थापन समितिले मन्त्रालयमा यसअघि पनि सिफारिस गरी पठाएको थियो।