शुक्लागण्डकीमा थप ३३ जनालाई अपांगता परिचयपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीमा थप ३३ जनालाई अपांगता परिचयपत्र

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०७७, मंगलवार

    दुलेगाैडा : शुक्लागण्डकी नगरपालिकाले मंगलबार ३३ जनालाई अपांगता परिचयपत्र वितरणा गरेको छ । क वर्गको १३ जनालाई, ख वर्गको १७ जनालाई र घ वर्गको ३ जनालाई परिचयपत्र वितरण गरेको सामाजिक बिकास शाखा प्रमुख हिमा पोखरेलले जानकारी दिनुभयाे । परिचयपत्र लिएका केही यसअगाडी नलिएका हुन् भने केही संशोधन भएर वर्ग परिवर्तन भएका उहाँले बताउनुभयाे ।

    अपांगता परिचयपत्र वितरण गर्ने अधिकार स्थानिय तहमा आएपछि शुक्लागण्डकीमा हालसम्म ६ सय ४५ जनाले लिएका छन् । तीमध्ये क वर्गको १ सय ५७ जना, ख वर्गको २ सय ६५ जना, ग वर्गको १ सय ४५ जना र घ वर्गको ८१ जनाले परिचयपत्र लिएका छन् । स्थानीय तहले परिचयपत्र वितरण गर्ने अधिकार पाएपछि शुक्लागण्डकीले बृहत निशुल्क स्वास्थ्य शिविर आयोजना गरेर स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको थियो । कोरोना भाईरसका कारण चैतयता परिचयत्र वितरण रोकिएको थियो । अब भने प्रत्येक महिना वितरण गरिने सामाजिक शाखा प्रमुख पोखरेलले बताउनुभयाे ।