व्यक्तिको नभई विधिको शासन हुनुपर्छ : वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    व्यक्तिको नभई विधिको शासन हुनुपर्छ : वाग्ले

    खबरपुञ्ज संवाददाता

    २३ मंसिर २०७७, बुधबार

    दुलेगौडा : जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले व्यक्तिको नभई विधिको शासन चल्नुपर्ने बताउनुभएको छ । पश्चिमी मुलुक विधिको शासनबाट चलेकाले अग्रगामी विकास भएपनि नेपालमा विधि मिचेर व्यक्तिको शासन हावी रहेको बताउनुभयो ।

    शुक्लागण्डकी जेसीजको १९ औँ साधारणसभा तथा १८ औँ अधिवेशनको बुधबार उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको शासन प्रणालीमा व्यक्ति हावी भएकाले सडकबाट आवाज उठ्न थालेको उहॉको जिकिर थियो ।

    अबको नेतृत्व युवा जमातले लिनुपर्ने उहॉको भनाई छ । ‘युवा जोश जाँगरले असल समाज निर्माण र विधिको शासन स्थापित गराउन ठुलो भुमिका निर्वाहा गर्नुपर्ने देखिन्छ’, उहॉले भन्नुभय ।कोरोनाले विश्व समुदाय आक्रन्त बनेको बेला शुक्लागण्डकी जेसिजले गरेका सामजिक कार्य प्रशंसनिय रहेको जिसस प्रमुख वाग्लेले बताउनुभयो । जेसिज नेतृत्व बिकासको अभियान भएको बताउदै उनले नेतृत्व बिकास भएका युवाहरुलाई मानवताको सेवामा लाग्न उहॉले आग्रह गर्नुभयो ।

    शुक्लागण्डकी जेसिज बर्ष २००८ का अध्यक्ष समुन्द्रराम श्रेष्ठले सामाजिक सेवा जेसिजको प्रमुख उदेश्य रहेको बताउनुभयो । उहॉले बर्ष २०२१ का लागि चयन हुने नयाँ नेतृत्वले शुक्लागण्डकी जेसिजलाई राष्ट्रियस्तरमा चिनाउन सफल हुनेमा आफु विश्वस्त रहेको जनाउनुभयो ।

    शुक्लागण्डकी जेसिज बर्ष २०२० का अध्यक्ष मदन श्रेष्ठले आफ्नो कार्यकाल सफल बनाउन सघाउने सबैलाई आभार व्यक्त गर्नुभयो । सो अवसरमा पोखरा जेसिजका अध्यक्ष शिव सापकोटा, लेखनाथ जेसिजका अध्यक्ष चिरञ्जवी न्यौपाने लगायतले बोल्दै सर्वसम्मत नयाँ नेतृत्व चयन हुनुपर्नेमा जोड दिनुभयो । महासचिव रमेश भुजेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रथम कार्यकारणी उपाध्यक्ष ईश्वर श्रेष्ठले गर्नुभएको थियो ।

    शुक्लागण्डकी जेसिजको बर्ष २०२१ मा हाँक्नलाई नेतृत्व चयनको प्रकृया यतिबेला चलिरहेको छ । सकभर सर्वसम्मत नेतृत्व चयन गराउने तयारी छ ।यद्पी सर्वसम्मत हुन नसके चुनावी प्रकृयामा जाने जनाईएको छ । शुक्लागण्डकी जेसिजलाई बर्ष २०२१ मा हाँक्नलाई ५ जना युवाले अध्यक्ष बन्ने ईच्छा प्रकट गरेको जेसिज स्रोतले जनाएको छ ।

    हाल अध्यक्ष सल्लाहाकार समेत रहेका शिव विक, कोषाध्यक्ष कृष्णबहादुर श्रेष्ठ, कार्यकारणी उपाध्यक्षद्धय क्षितिज थापा र ईश्वरकुमार श्रेष्ठ, महासचिव रमेश भुजेल अध्यक्षको दाबेदार हुन् । यीमध्ये शिव विक र कृष्णबहादुर श्रेष्ठ बलिया उम्मेदवार मानिन्छन् । किनकी गतबर्ष पनि अध्यक्ष बन्ने होडमा रहेका यी दुवैले अन्तिममा आएर मदन श्रेष्ठलाई नेतृत्व सुम्पिएका थिए । तसर्थ यी दुईमा एक अध्यक्ष बन्नेछन् । यी दुई टसमस नभए अन्य ३ जनाको पनि सम्भावना पनि देखिन्छ ।