काठमाडौं : अब प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चार माध्यमको नवीकरण जिल्ला हुलाक कार्यालयबाट गर्न सकिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मंसिर २२ गते बसेको निर्णय अनुसार जिल्ला हुलाक कार्यालयलाई प्रेस कार्ड नवीकरणको अधिकार प्रत्यायोजन गरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयाे ।
प्रेस कार्ड लिनका लागि पत्रकारले आर्थिक भार व्यहोर्नुपर्ने र काठमाडौंमा नै आउनै पर्ने, छिटो गर्नका लागि भनसुन गर्नपर्ने अवस्थाको अन्त्य गर्न उक्त निर्णय गरेको उनले बताए । पत्रकारले कार्ड लिनका लागि निवेदन र आवश्यक कागजात हुलाकमा पेश गर्ने र सूचना विभागले कार्ड हुलाकमा नै पठाउने उहाँले बताउनुभयाे । नयाँ कार्ड लिने सम्बन्धमा पनि छिट्टै सो उहाँको भनाई थियो ।
यसअघि सूचना विभागका महानिर्देशकले मात्रै प्रेस कार्ड दिने र नवीकरण गर्न सक्ने व्यवस्था थियो । अनलाइन सञ्चार माध्यम पनि असारभित्र विभागमा नै गएर नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो ।