उकालोमा ब्रेक फेल हुँदा दुई घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    उकालोमा ब्रेक फेल हुँदा दुई घाइते

    खबरपुञ्ज संवाददाता

    २६ मंसिर २०७७, शुक्रबार

    तनहुँ : तनहुँको ऋषिङ गाउँपालिका-६ चवादीमा शुक्रबार भएको बोलेरो जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । चवादीबाट दमौलीतर्फ आउन लागेको ग१ज ७६३४ नम्बरको जीप उकालोमा ब्रेक फेल भई दुर्घटना हुँदा जीपमा सवार पॉचमध्ये दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा ऋषिङ-६ की ५० वर्षीया तुलसी रानाभाट र ५० वर्षीय मानबहादुर माकिम छन् । घाइतेहरुलाई पोखरास्थित गण्डकी अस्पताल पठाइएको छ ।