राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७७, मंगलवार

    काठमाडौ : सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको हो।

    मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अध्यादेश जारी गर्नुभएको छ ।

     मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

    आइतबार र मंगलबार बसेको संवैधानिक परिषदमा गणपुरक संख्या पुगेको थिएन।