प्रतिपक्षी नेता र सभामुखविनै संवैधानिक परिषद् बैठक बालुवाटारमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रतिपक्षी नेता र सभामुखविनै संवैधानिक परिषद् बैठक बालुवाटारमा

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७७, मंगलवार

    काठमाडाै : संवैधानिक परिषद्को बैठकमा बालुवाटारमा सुरु भएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणा सहितको बैठक बसेको हो।

    प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिमै सो बैठक बसेको हो। आज मंगलबार बिहान बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि गणपुरक संख्या नपुग्दा बैठक स्थगित भएको थियो।

    त्यसपछि परिषद्का अध्यक्ष समेत रहने प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ ५ बजेका लागि सो बैठक डाकेका थिए। बिहान सभामुख उपस्थित नभए पनि प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिए।