अध्यादेश विरूद्ध सर्वोच्चमा रिट दायर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    अध्यादेश विरूद्ध सर्वोच्चमा रिट दायर

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०७७, बुधबार

    काठमाडौ : अधिवक्ता ओमप्रकाश अर्यालले सरकारले जारी गरेको अध्यादेश विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

    अधिवक्ता अर्यालले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ विरुध्द सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।

    उक्त रिटमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाइएको छ । ।

    जारी गरेलगत्तै प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना र प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर जवरा सम्मिलिति परिषद बैठक बसेको थियो ।

    यसअघि प्रधानमन्त्री एवम् परिषद अध्यक्ष सहित ५ जना उपस्थित हुनुपर्ने प्रावधान थियो । अध्यादेशमा प्रधानमन्त्रीसहति ३ जना उपस्थित भए पुग्ने प्रावधान राखिएको छ ।