शीर्ष पाँचमा उक्लने योजनामा बार्सिलोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    शीर्ष पाँचमा उक्लने योजनामा बार्सिलोना

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०७७, बुधबार

    एजेन्सी : स्पेनिस  ला लिगाअन्तर्गत बार्सिलोनाले आज (बुधबार) शीर्ष स्थानको रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्दै छ । बार्सिलोनाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १:४५ मा सुरु हुनेछ ।

    आजको खेलमा जित निकाल्दै बार्सिलोना शीर्ष पाँचमा उक्लने योजनामा छ । लिगमा ११ खेल खेलेको बार्सिलोना १७ अंकका साथ तालिकाको आठौं स्थानमा छ । पाँचौं स्थानमा रहेको सेभियाको १९ अंक छ ।

    यता सोसिडाड आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने योजनामा छ । लिगमा १३ खेल खेलेको सोसिडाडको २६ अंक छ । समान अंक रहेका एट्लेटिको मड्रिड र रियल मड्रिड तालिकाको क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।