तनहुँ : वरिष्ठ लोकगायक प्रेमराजा महतको ‘घर छ मेरो दमौलीमाथि मानुङडाँडैमा गीत सार्वजनिक भएको छ । प्रेमराजा महतको सङ्गीत र शब्द साथै महत र बीमाकुमारी दुराको आवाजमा उक्त गीतको म्युजिक भिडियो युट्युवमार्फत् सार्वजनिक भएको हो ।
उक्त म्युजिक भिडियोमा स्वयंम महत, शान्ति भण्डारी र कविता महतको अभिनय रहेको छ । नविन केसी र लुना श्रेष्ठको निर्देशन रहेको भिडियोमा दमौली र मानुङका केही दृश्य समावेश गरिएको छ भने बाँकी छायाङ्कन बाल्टिमोरमा गरिएको छ ।
गीतमा भनिएको छ :
हिउँको नदी मस्र्याङ्दी तिरैमा
लालीगुराँस लाइदिउँला शिरैमा
घर छ मेरो दमौली माथि मानुङडाँडैमा
तिम्रो माया छ कलेजोमाथि मुटुको माझैमा
उर्लिआयो मादी र सेती
झन झन् गहिरो बनायो पिरती
घर छ मेरो दमौली माथि मानुङडाँडैमा
तिम्रो माया छ कलेजोमाथि मुटुको माझैमा