तनहुँमा थपिए चार कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए चार कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २ पुष २०७७, शुक्रबार

    तनहुँ : तनहुँमा शुक्रबार चार जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास र घिरिङमा सङ्क्रमित थपिएका हुन् ।

    व्यासमा दुई र घिरिङमा दुई जनामा कोरोना सङ्क्रमण भएको निर्देशनालयले जनाएको छ । व्यास–१ का ८३ वर्षीया महिला, व्यास–२ का ४९ वर्षीय पुरुष, घिरिङ–१ का ८३ वर्षीय र ३२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।