मतदाता नामावली संकलन स्थगन गर्न निर्वाचन आयोगको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मतदाता नामावली संकलन स्थगन गर्न निर्वाचन आयोगको निर्देशन

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७७, सोमबार

    काठमाडौं : निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगत गर्न सबै जिल्ला निर्वाचन कार्यालयहरूलाई निर्देशन जारी गरेको छ। सोमबार आयोगले सबै निर्वाचन कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन जारी गरेको हो। 

    ‘जिल्ला निर्वाचन कार्यालयहरूबाट भइरहेको मतदाता नामावली सङ्कलनसम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगन गर्ने निर्णय भएको’ भन्दै यस्तो निर्देशन जारी गरेको हो। 

    सरकारले २०७८ बैसाख १७ गते र २७ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकेको सन्दर्भमा उल्लेख गर्दै मतदाता नामावली संकलन बन्द गर्न भनिएको हो। अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्न आयोगले भनेको हो।