ओली जी चुनाव लड्न तनहुँ आउनुस् : रामचन्द्र पाैडैल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ओली जी चुनाव लड्न तनहुँ आउनुस् : रामचन्द्र पाैडैल

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूसँग चुनाव लड्न चुनौति दिनुभएकाे छ । केन्द्रीय कार्य समिति बैठकपछि पत्रकारसँग कुरा गर्दै वरिष्ठ नेता पौडेलले आफूलाई ‘चुनाव हार्ने डरले प्रतिनिधिसभा विघटनको विरोध गरेको’ भनी ओलीले लगाएको आरोपको प्रतिवाद गर्नुभएकाे हाे ।

    पौडेलले भन्नुभयाे– मलाई तनहुँमा चुनाव हार्छ भन्ने केपी ओलीजी अर्को उम्मेवार नपठाउनुस्। तपाई मसँग चुनाव लड्न आउनु, म तपाईसँग प्रतिस्पर्धा गर्न तयार छु ।