पुस १९ भित्र प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ पेश गर्न आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पुस १९ भित्र प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ पेश गर्न आदेश

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०७७, शुक्रबार

    काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका सन्दर्भमा कारण देखाऊ आदेश जारी गरेको छ । संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाईपछि कारण देखाऊ आदेश जारी भएको छ ।

    इजलासले पुस १९ गतेसम्ममा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । नेपाल बार र सर्वोच्च बार एशोसियनबाट एमिकस क्युरी माग्ने आदेशसमेत दिइएको छ । अदालतले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्रतिनिधिसभा विघटन गर्ने निर्णयको सक्कल फाइल मगाउने आदेश समेत दिएको छ ।

    प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षताको इजलासमा हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजवहादुर केसी न्यााधीश सदस्य छन् ।