प्रधानमन्त्री केपी ओलीद्वारा ५ जना मन्त्री नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री केपी ओलीद्वारा ५ जना मन्त्री नियुक्त

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०७७, शुक्रबार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गर्नुभएको हो ।

    जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाउनुभएको छ भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी पाउनुभएको छ ।

    यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । नवनियुक्त मन्त्रीहरुलाई आजै सपथ गराउने तयारी छ ।