तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले पुस १६ गते गाउँसभा आह्वान गरेको छ । १६ गते हुने गाउँपालिकाको आठौ गाउँसभा (संशोधित) को तयारी थालिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो।
सभाको तयारीका लागि विभिन्न समितिको छलफल राखिएको छ । आर्थिक, पूर्वाधार, सामाजिक, वातावरण विकास, सार्वजनिक सेवा तथा क्षमता विकास, विधेयक समितिको बैठक सम्पन्न भइसकेको छ भने एकीकृत बजेट तर्जुमा समिति र कार्यपालिका बैठक आइतबार राखिएको छ ।