काठमाडौं : विभाजित नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएको छ । भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । आचार्य तत्कालीन नेकपा एमालेको संसदीय दलको निर्वाचनमा शेरधनसँग पराजित हुनुभएकाे थियाे ।
शनिवारमात्रै अर्थमन्त्रीबाट बर्खास्त भएका इन्द्र आङ्बो प्रस्तावक र लक्ष्मण तिवारी समर्थक भएर मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । अहिले प्रचण्ड-माधव नेपाल पक्षका नेताहरु प्रदेशसभा सचिवालयमा छन् ।
आजै राई मन्त्रिपरिषदका तीन मन्त्रीले राजीनामा दिएका थिए । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड-माधव नेपाल पक्षले अविश्वास प्रस्ताव दर्ता गर्न लागेकै बेला प्रदेश १ सरकारले प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरिसकेकाे छ ।