प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच बालुवाटारमा भेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री ओली र चिनियाँ प्रतिनिधिमण्डलबीच बालुवाटारमा भेट

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०७७, सोमबार

    काठमाडौं : सत्ता र पार्टीको संकट चुलिएका बेला बिभाजित नेपाल कम्युनिस्ट पार्टीको एउटा समूहको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ चिनियाँ प्रतिनिधिमण्डलसँग भेटवार्ता गरेका छन् ।

    चीनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभागसम्बन्धी उपमन्त्री गुओ येझाउको नेतृत्वमा हिजाे आइतबार काठमाडौं ओर्लिएको टोलीले हिजै सुरुमा राष्ट्रपति बिद्यादेवी भण्डारी र साँझ प्रधानमन्त्री ओलीसँग छलफल गरेको हो ।

    आज पार्टीका अन्य नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाललगायतका नेताहरुसँग भेटवार्ताको कार्यक्रम छ ।