देशभर चिसो बढ्दै : शुक्रबार बिहान काठमाडौंको तापक्रम १.२ डिग्री सेल्सियस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशभर चिसो बढ्दै : शुक्रबार बिहान काठमाडौंको तापक्रम १.२ डिग्री सेल्सियस

    खबरपुञ्ज संवाददाता

    १६ पुष २०७७, शुक्रबार

    काठमाडौ: काठमाडौंको शुक्रबार बिहानको तापक्रम १.२ डिग्री सेल्सियस मापन गरिएको छ । बिहीबार यो वर्षकै कम ०.८ डिग्रीमा झरेको काठमाडौंको शुक्रबार बिहानको तापक्रम थोरै बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । 

    महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार बिहान पौने ८ बजेसम्ममा यो तापक्रम थोरै घट्न सक्नेछ । तर भोलिदेखि देशभरी कै मौसम आशिंकदेखि सामान्य बदली हुने भएकाले एकदुई दिन न्यूनतम तापक्रम नघट्ने उहॉले बताउनुभयो।

    शुक्रबार रातिदेखि सक्रिय हुन लागेको पश्चिमी वायुको प्रभावले शनिबार सुदूरपश्चिमको उच्चा हिमाली भेगमा हिमपात र लुम्बिनी प्रदेशमा पानी पर्नै संभावना छ । यस्तै आइतबार पहाडी भेगको थोरै ठाउँमा पानी पर्नेछ ।यसले देशभर चिसो बढ्ने पूर्वानुमान महाशाखाले गरेको छ ।