युनियनले गर्यो घातक रोगको उपचारका लागि सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युनियनले गर्यो घातक रोगको उपचारका लागि सहयोग

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०७७, आईतवार

    तनहुँ : युनियन लाइफ इन्स्योरेन्स कम्पनी दमौली शाखाले घातक रोगको उपचार सुविधा अन्तर्गत रु पाँच लाख सहयोग गरेको छ । कम्पनीले ऋषिङ गाउँपालिका–२ का कुल बहादुर परियारलाई उक्त रकम सहयोग गरेको हो ।

    जटिल किसिमका १८ वटा रोग मध्ये कुनै रोग लागेमा बीमितले उक्त सुविधा प्राप्त गर्ने कम्पनीका दमौली शाखा प्रबन्धक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । एक वर्ष अघि वैदेशिक रोजगारको लागि साउदी पुग्नुभएका परियारको साउदीमै रहँदा घाँटीमा समस्या आएको थियो । नेपाल आएर चितवनस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा परीक्षण गर्दा निजलाई घाँटीको क्यान्सर पुष्टि भएको छ ।

    नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रदीप घिमिरे तथा कम्पनीका गण्डकी प्रदेशका उपप्रमुख गणेश धमलाकाे उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको छ । दुःखको बेला कम्पनीले गरेको सहयोगप्रति परियारले धन्यवाद ज्ञापन गर्नुभयो ।