सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ– पार्टीमा अनुशासन कायम गर्न संसद् विघटन गर्नु स्थापित संसदीय अभ्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ– पार्टीमा अनुशासन कायम गर्न संसद् विघटन गर्नु स्थापित संसदीय अभ्यास

    खबरपुञ्ज संवाददाता

    १८ पुष २०७७, आईतवार

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा अनुशासन कायम गर्न संसद् विघटन गर्नु स्थापित अभ्यास भएको बताउनुभएको छ । प्रतिनिधिसभा विघटनका विषयमा सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “पार्टीमा अनुशासन कायम गर्न संसद्‌ विघटन गर्नु एउटा स्थापित संसदीय अभ्यास हो ।”

    गत पुस ५ गते मन्त्रिपरिषद्ले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि प्रतिनिधिसभा विघटन भएको थियो । संसद् विघटन असंवैधानिक कदम भन्दै रिट दायर भएपछि सर्वोच्च अदालतको संवैधानिक इजनलासले पुस १० गते प्रधानमन्त्री ओलीसँग विघटनबारे लिखित जवाफ मागेको थियो । इजलासले दिएको समयसिमाभित्रै आज उहॉले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च अदालतमा लिखित जवाफ पठाउनुभएको हो ।
     
    ओलीले संसद् विघटनको आफ्नो निर्णयको बचाऊ गर्दै संसद् विघटन आफ्नो बाध्यता भएको बताउनुभयो ।