एजेन्सी : भारतको आन्ध्र प्रदेशको एउटा तस्बिर यतिबेला भाइरल बनेको छ। उक्त तस्बिरमा एक इन्स्पेक्टर प्रहरीले डीएसपी प्रहरीलाई सल्युट गरेको देख्न सकिन्छ।
उक्त तस्बिर चर्चामा आउनुको विशेष कारण छ। तस्बिरमा देखिएका प्रहरीहरु बुबा–छोरी हुन्।
खासमा त्यहाँ आन्द्र प्रदेशका इन्स्पेक्टर श्याम सुन्दरले छोरी डीएसपी जेसी प्रसान्तीलाई सल्युट गरेका हुन्।
आन्द्र प्रदेशको ट्वीटरमा यस तस्बिर सार्वजनिक गरिएको छ। त्यहाँ भनिएको छ,‘प्रहरीको कर्तव्य र जिम्मेवारीले परिवारको मिलन गरायो।’
प्रहरीको पेशामा उमेरलाई भन्दा पद र जिम्मेवारीलाई बृहत मानिन्छ। त्यसकारण आफ्नै छोरीलाई सल्युट गर्न पाउँदा आफू निकै खुशी भएको श्याम सुन्दर बताउँछन्।