संसद विघटनको विरोधमा एकताबद्ध भएर लाग्ने प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संसद विघटनको विरोधमा एकताबद्ध भएर लाग्ने प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    २० पुष २०७७, मंगलवार

    तनहुँ : तनहुँ जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिने संसद विघटनको विरोधमा एकताबद्ध भएर सङ्घर्ष गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले मंगलबार पार्टी कार्यालयमा आयोजना गरेको अन्तरक्रियामा सहभागी नेपाली काङ्ग्रेस, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा माले लगायत पार्टीका प्रतिनिधिले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि आ-आफ्नो ढङ्गबाट शसक्त आन्दोलन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    नेकपाका सचिव राजेन्द्रकेशरी न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति जितप्रकाश आले, सचिव विश्व बॉस्तोला, जनता समाजवादीका कृष्ण घिमिरे लगायत सहभागी हुनुहुन्थ्यो ।