दश महिनापछि खुल्यो मुक्तिनाथ मन्दिर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    दश महिनापछि खुल्यो मुक्तिनाथ मन्दिर

    खबरपुञ्ज संवाददाता

    २० पुष २०७७, मंगलवार

    जोमसोम : समुन्द्री सतहदेखि ३८ सय मिटर अग्लो उचाइमा अवस्थित मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर मंगलबारबाट औपचारिक रुपमा खुल्ला गरिएको छ ।मुक्तिनाथ विकास समिति तथा वारागुङ मुक्तिक्षेत्रको पहलमा कोरोना कहरले बन्द मुक्तिनाथ मन्दिर आजैबाट सर्वसाधारण भक्तजनका लागि खुल्ला गरिएको हो ।

    राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सु-प्रसिद्ध मानिएको हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ खुल्ला गर्ने संम्वन्धमा भएको विभिन्न सरोकारवाला निकायको समन्वय र बृहत छलफलपछि अंग्रजी नयाँ वर्षको दिन मुक्तिनाथ खुल्ला गर्ने घोषणा गरिएको थियो ।