केशवटारमा सनराइजकाे शाखारहित बैङ्किङ सेवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    केशवटारमा सनराइजकाे शाखारहित बैङ्किङ सेवा

    खबरपुञ्ज संवाददाता

    २३ पुष २०७७, शुक्रबार

    तनहुँ : सनराइज बैङ्क लिमिटेडले तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा शाखारहित बैङ्किङ सेवा शुरुवात गरेको छ । उक्त शाखारहित बैङ्किङ सेवा सञ्चालनसँगै बैङ्कको शाखारहित बैङ्किङ सेवा सङ्ख्या ५९ पुगेको छ ।

    बैङ्कले केशवटारमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा सुकुमाया थापालार्ई नियुक्त गरेको छ । शुक्रबार व्यास नगरपालिका–१४ का अध्यक्ष काजिमान श्रेष्ठले शाखारहित बैकिङ सेवाको उद्घाटन गर्नुभएको छ । कार्यक्रमको अध्यक्षता दमौली शाखाका शाखा प्रबन्धक किर्तिमान रानाले गर्नुभएको थियो ।

    बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।

    कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ५९ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।