तनहुँमा नौ फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा नौ फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    २३ पुष २०७७, शुक्रबार

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा फरार रहेका नौ प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो तिर्न बाँकी रहेकाहरुको खोजी कार्य अभियान अन्तर्गत प्रहरीले नौ प्रतिवादीलाई पक्राउ गरेको हो ।

    लागुऔषध गाँजा मुद्दामा विगत दुई वर्षदेखि फरार व्यास नगरपालिका–१२ कमलाबारी बस्ने ३९ वर्षीया तारा थापा मगरलाई पक्राउ गरिएको छ । निजविरुद्ध जिल्ला अदालतले विसं २०७५ भदौ २६ गते एक वर्ष कैद र रु पाँच हजार जरीवाना सुनाएको थियो ।

    प्रहरीका अनुसार चोरी मुद्दामा एक, सवारी ज्यान मुद्दामा एक, कुटपिटमा तीन, जालसाजीमा एक, सार्वजनिक अपराधमा एक, गाली बेइज्जतीमा एक प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेकाहरुबाट एक वर्ष कैद र एक लाख ७५ हजार दुई सय ९० जरीवाना असुल गर्न बाँकी छ । उनीहरुलाई आज अदालत समक्ष उपस्थित गराइएको छ ।