संसद विघटन निरकु‌ंशताकाे सङ्केत : भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    संसद विघटन निरकु‌ंशताकाे सङ्केत : भट्टराई

    खबरपुञ्ज संवाददाता

    २४ पुष २०७७, शनिबार

    तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गाेविन्द भट्टराईले संसद विघटन गर्ने कार्य निरकुंशताकाे सङ्केत भएकाे दावी गर्नुभएकाे छ । नेपाली काङ्ग्रेस तनहुँ क्षेत्र नं १ (क) अन्तरगत शनिबार भानु नगरपालिकाकाे बाइसजाँगरमा आयाेजित विराेध सभालाई सम्बाेधन गर्दै भट्टराईले संविधानकाे रक्षा साथै लाेकतान्त्रिक व्यवस्थाकाे रक्षाका लागि काङ्ग्रेस आन्दाेलनमा उत्रिएकाे बताउनुभयाे ।

    ओली सरकारको नियोजित शक्ति संञ्चयको सिलसिलासँगै संविधानमा हुँदै नभएको प्रावधानलाई टेकेर असंवैधानिक र अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेकाे भट्टराईले आराेप लगाउनुभयाे ।

    कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पाेख्रेल, पार्टीका जिल्ला सचिव लक्ष्मी आचार्य, महासमिति सदस्य आनन्दराज त्रिपाठी, व्यास नगर सभापति शान्तिरमण वाग्ले लगायतले एउटा पार्टीको आन्तरिक झगडाले देश र लोकतान्त्रिक व्यवस्थालाई नै समाप्त पार्ने बाटो अङ्गाल्नु गलत भएकाे बताउनुभयाे ।