तनहुँ : तनहुँकाे भानु नगरपालिका-२ नारेश्वटारबाट लागूऔषध सहित भरत तामाङ पक्राउ परेका छन् । लागूऔषध ओसारपसार भइरहेकाे सूचनाकाे आधारमा खटिएकाे प्रहरी टाेलीले भानु नगरपालिका-१ खुर्सानीबारी बस्ने २७ वर्षीय तामाङलाई लागूऔषध सहित पक्राउ गरेकाे हाे ।
प्रहरीले निजकाे साथबाट नुर्फिन, डाईजेपाम र फेनरागन २०/२० थान बरामद गरेकाे जनाएकाे छ ।