कोभिड कोषमा रकम जम्मा गर्न स्वास्थ्य मन्त्रालयको आह्वान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कोभिड कोषमा रकम जम्मा गर्न स्वास्थ्य मन्त्रालयको आह्वान

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०७७, बुधबार

    काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कोषमा रकम जम्मा गर्न दातृ निकाय लगायतलाई आह्वान गरेको छ। स्वास्थ्य मन्त्रालयले कोभिड-१९ विरुद्धको भ्याक्सिन खरिद गरी लक्षित समूहलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउन ठूलो रकम आवश्यक भएको भन्दै आर्थिक सहयोग गर्न सार्वनजिक अपिल गरेको छ।

    मन्त्रिपरिषद्को गत कात्तिक २४ गते बसेको बैठकले आकस्मिक प्रयोगका लागि स्वीकृतिप्राप्त भ्याक्सिन  खरिद गरी लक्षित समूहलाई निःशुल्क उपलब्ध गराउने निर्णय गरिसकेको छ।

    मन्त्राललले खोप कोषमा योगदान गर्ने दाताहरुसँग सहकार्य र समन्वय गर्दै जम्मा हुने रकमको परिचालन र खर्चको समीक्षा गरिने जनाएको छ। उक्त कोषको आयव्ययको समेत कानुन बमोजिम लेखाजोखा राखिने मन्त्रालयले स्पष्ट पारेको छ। कोभिड खोपको प्रयोजनका लागि राष्ट्रिय वाणिज्य बैंकमा रहेकोे कोष तथा लेखा नियन्त्रण कार्यालयको नामको खाता नम्बर १७००१००१०२०६०००० मा इच्छुकलाई रकम जम्मा गर्न मन्त्रालयले अनुरोध गरेको छ।

    सरकारले कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्यालाई निःशुल्क कोभिड भ्याक्सिन उपलब्ध  गराउने योजना बनाएको छ। जसमध्ये पहिलो चरणमा ३ प्रतिशत जनसंख्यालाई भ्याक्सिन लगाइने छ। पहिलो चरणमा स्वास्थ्यकर्मी र सामाजिक दूरी कायम गरेर काम गर्न नसक्ने व्यक्तिहरुले भ्याक्सिन पाउने छन्।