बाढीपहिरोको उच्च जोखिममा तनहुँ (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बाढीपहिरोको उच्च जोखिममा तनहुँ (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    ११ माघ २०७७, सोमबार

    तनहुँ : यस वर्ष आएको बाढीपहिरोका कारण तनहुँमा १४ जनाले ज्यान गुमाए । गत असार र साउनमा परेको वर्षापछि आएको बाढीपहिरोका कारण ऋषिङ गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा ६, भानु नगरपालिकामा दुई र म्याग्दे गाउँपालिकामा एक जनाले ज्यान गुमाए ।

    बाढीपहिरोका कारण जिल्लाका दश वटै स्थानीय तहमा थुप्रै घरमा क्षति पुग्यो । त्यसमध्ये २ सय ४७ घर भत्किएर बस्न नमिल्ने भयो । जिल्ला प्रशासन कार्यालय तनहुँका अनुसार भीमाद नगरपालिकामा २९, घिरिङ गाउँपालिकामा ८, देवघाट गाउँपालिकामा १८, शुक्लागण्डकी नगरपालिकामा २१, भानु नगरपालिकामा ३२, आँबुखैरेनी गाउँपालिकामा ६, बन्दीपुर गाउँपालिकामा १३, म्याग्दे गाउँपालिकामा ४१, व्यास नगरपालिकामा ७७ र ऋषिङ गाउँपालिकामा २ घर पूर्ण क्षति भयो ।

    जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको तनहुँको विपद् प्रतिकार्य योजना २०७७ अनुसार जिल्लाका अधिकांश स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा देखिएको छ । स्थानीय स्तरमा हुने विकास आयोजना तथा ठूला पूर्वाधारका आयोजना निर्माण र विकासको चरणमा सम्भाव्य विपद्को अवस्था र त्यसबाट पुग्न सक्ने सम्भाव्य क्षतिलाई विचार गरी विपद् व्यवस्थापनलाई मूल प्रवाहिकरण गर्न सकेमा विपद्को जोखिम न्यूनीकरण गर्न सकिने समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सागर आचार्यले बताउनुभयो ।

    “विपद् प्रतिकार्य योजनाले तनहुँ जिल्लामा आइपर्ने जोखिमको सामना तथा विपद्बाट हुने क्षतिको न्यूनीकरणमा ठूलो सहयोग पुग्ने अपेक्षा गरेका छौ,” उहाँले भन्नुभयो, “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को कार्यान्वयनको शिलशिलामा सबै स्थानीय तहमा पनि स्थानीय विपद् व्यवस्थापन समितिको गठन प्रकृया शुरु भइसकेको छ ।”

    विपद् प्रतिकार्य योजना अनुसार पहाडी तथा भिरालो भू–बनोटका कारण अधिकांश क्षेत्रमा पहिरोको बढी जोखिम छ । यस्तै आगलागी, बाढी, खडेरी, सडक दुर्घटनाको जोखिम पनि जिल्लामा उत्तिकै रहेको छ । शुक्लागण्डकी नगरपालिका–१, २, ३, ४, ५, ६, ७, ८, ९ १०, भिमाद नगरपालिका–१, ५, ६, ७, ८, भानु नगरपालिका–४, ६, १०, ११, व्यास नगरपालिका–७, ८, ९, ११, १२, आँबुखैरेनी गाउँपालिका–४ र ६, ऋषिङ गाउँपालिका–१, २, ६, ७, ८, घिरिङ गाउँपालिका–३, ४, ५, बन्दीपुर गाउँपालिका–१, २, ४, ५, ६, म्याग्दे गाउँपालिका–१, २, ३ र देवघाट गाउँपालिका–४ र ५ पहिरोको उच्च जोखिममा रहेको छ ।

    बाढीबाट व्यास नगरपालिका–१, २, ३, ४, ५, ५, ७, ८, ९, १०, ११, १३, आँबुखैरेनी गाउँपालिका–१, २, ३, ४, शुक्लागण्डकी नगरपालिका–२, ३, ४, ५, ६, ७, ८, ९, १०, भानु नगरपालिका–११, १३, भिमाद नगरपालिका–१, देवघाट गाउँपालिका–४, ५ बाढीको जोखिममा छन् । आगलागीबाट व्यास नगरपालिका–१, २, ३, ४, ५, १०, ११, १३, १४, बन्दीपुर गाउँपालिका–१, २, ३, ४, ५, ६, ऋषिङ गाउँपालिका–१, २, ३, ६, ७, देवघाट गाउँपालिका–२, आँबुखैरेनी गाउँपालिका–१, २, ३, ४, ५, ६, भिमाद नगरपालिका–२, ७, ८, ९, म्याग्दे गाउँपालिका–१, २, ३, ४, ५, शुक्लागण्डकी नगरपालिका–२, ३, ४, ५, ६, ७, ८, ९, १०, भानु नगरपालिका–१, २, ३, ४, ५, ६, १२ र १३ आगलागीको जोखिममा छन् ।

    खडेरीबाट व्यास नगरपालिका–१३, १४, बन्दीपुर गाउँपालिका–२, ३, ४, ५, ६, शुक्लागण्डकी नगरपालिका–८, ९, १०, ११, १२, भीमाद नगरपालिका–२, ७, ८, ९, म्याग्दे गाउँपालिका–१, २, ३, ४, ५, ६, ७, देवघाट गाउँपालिका–४, ५, आँबुखैरेनी गाउँपालिका–५, ६, रिसिङ गाउँपालिका–१ र २ खडेरीको जोखिममा छन् ।

    विगतको घटनाका आधारमा पहिरो, बाढी, आगलागी, खडेरी लगायतबाट जोखिम क्षेत्र पहिचान गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो । “पहिरो, बाढी, आगलागी, चट्याङ जिल्लाको प्रमुख प्रकोपहरु रहेकोले विपद्को अवस्थामा तयार रहने स्थितिको सिर्जना गर्न आवश्यक छ,” प्रजिअ आचार्यले भन्नुभयो ।