माइलेज च्यालेन्ज देवीको पोल्टामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्पोरेट

    माइलेज च्यालेन्ज देवीको पोल्टामा

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७७, शनिबार

    दुलेगौँडा : सुन्दर अटो वर्कस दुलेगौँडाले गरेको यामाहा कम्पनीको रेजेटआर १२५ स्कुटरको माइलेज च्यालेन्ज देवी न्यौपाने पौडेलले हात पार्नुभएको छ । शनिबार भएको च्यालेन्जमा न्यौपानेले प्रतिलिटर ८२.०२ किलोमिटर दूरीमा स्कुटर चलाएर प्रथम स्थान हासिल गर्नुभयो ।

    यस्तै, ७९.४४ किलोमिटर प्रतिलिटरमा दूरी पार गरेर मदन भुजेल द्धितीय हुदाँ पुष्पा सिग्देलले ७९.१५ किलोमिटर प्रतिलिटरको दूरी पार गरेर तृतीय हुनुभयो ।


    २५ जना रेजेटआर १२५ स्कुटर चालकहरु बीचमा भएको प्रतिष्पर्धामा उत्कृष्ट तीन जनालाई आकर्षक शिल्ड सहित प्रमाण पत्रले सम्मान गरिएको छ । माईलेज च्यालेन्ज दुलेगौडा विपिचोकदेखि थर्पुबजारसम्म भएको थियो ।

    शोरुमका सञ्चालक आनन्द सुन्दर श्रेष्ठले यामाहा कम्पनीले पछिल्लो समयमा एफआई सिस्टम सहित बजारमा सार्वजनिक गरेको यो स्कुटरको बजार प्रबर्द्धनका लागि माईलेज च्यालेन्ज कार्यक्रम गरेको जानकारी दिनुभयो। उहाँले स्कुटर खरिद गरेका ग्राहकरुको अनुभव संकलनका साथै बजार ब्यवस्थापनमा कार्यक्रमले सहयोग पु¥याउन विस्वाश व्यक्त गर्नुभयो ।


    सहभागि स्कुटर चालक ट्राफिक कार्यालय बेलचौताराका प्रमुख प्यामनारायण पौडेलले ट्राफिक नियमको बारेमा सचेतना कक्षा दिनुभएको थियो । एजेन्सीको सहयोगमा