तनहुँ : तनहुँको भानु नगरपालिका-२ नारेश्वरटारस्थित शारदा कलेजको सञ्चालक समिति सदस्यमा चक्रबहादुर अधिकारी मनोनित हुनुभएको छ । कलेजका अध्यक्ष शम्भुबहादुर अधिकारीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले भानु नगरपालिका-१३ (हाल व्यास-१) निवासी अरनिको मावि मिर्लुङका पूर्व प्रधानाध्यापक अधिकारीलाई सदस्यमा मनोनित गरेको हो ।
व्यास-१ स्थित निर्मल र जलदेवी माविका पूर्व शिक्षक समेत रहनुभएका अधिकारीले चार दशकभन्दा बढी अध्यापन गरी निवृत हुनुभएको थियो । नेपाल अंग्रेजी भाषा शिक्षक सङ्घ तनहुँका संस्थापक अध्यक्ष अधिकारीले आफ्नो कार्यकालमा काठमाडौस्थित अमेरिकी दूतावास, रेलो अफिस र नेल्टा केन्द्रीय कार्यालयको सहयोगमा अमेरिकामा मुद्रित स्नातक र स्नात्तकोत्तरका विद्यार्थीका लागि अति उपयोगी मानिएका पुस्तक आदिकवि क्याम्पसको पुस्तकालयलाई उपलब्ध गराउनुभएको थियो ।