यामसागरको ‘वनचरी’ सार्वजनिक (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    यामसागरको ‘वनचरी’ सार्वजनिक (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०७८, शुक्रबार

    तनहुँ : मौलिक लोक लयमा सिर्जना गरिएको “वन चरीलाई काफलु दाना” बोलको गीत सार्वजनिक भएको छ । लोक तथा दोहोरी गायक याम सागर विकले बजारमा ल्याएको गीत दर्शक र स्रोताहरुले समेत मन पराउन थालेका छन् । गायक विक आफैले सिर्जना गरेको गीतमा उहॉ सँगै पछिल्लो समयकी चर्चित गायिका मेनुका परियारको आवाज सुन्न सकिन्छ ।

    मौलिक शब्दहरुलाई समेटेर तयार पारिएको गीतको सङ्गीतले स्रोताको मन जित्न सफल भएको हो । सर्जक विकले कोरोना महामारी कम भएसँगै हुने मेला महोत्सवमा गाउन थालेपछि गितले थप चर्चा पाउने विश्वास लिनुभएको छ । नृत्य गर्न मिल्ने गरी सिर्जना गरिएको गीतको म्युजिक भिडियो समेत तयार पारिएको छ ।

    तनहुँका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरी निर्माण गरिएको म्युजिक भिडियोमा करिश्मा ढकाल, सरद एलजी, प्रतिक सिं र सिवानी परियारको अभियन देख्न सकिन्छ । लामो अन्तराल पछि गीत सार्वजनिक गरेका गायक विकले “वन चरी” मार्फत धेरै अपेक्षा गरेका बताउनुहुन्छ । दर्शक र स्रोतामा मात्र नभई यो गीत अहिले युट्युव तथा टिकटकमा समेत चर्चा बटुल्न थालेको छ ।