भारतमा तेस्रो दिन लगातार दुई लाखभन्दा बढीमा कोरोना संक्रमण देखियो, १३४१ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    भारतमा तेस्रो दिन लगातार दुई लाखभन्दा बढीमा कोरोना संक्रमण देखियो, १३४१ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३ बैशाख २०७८, शनिबार

    एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गइरहेको छ। पछिल्लो तीनदिनयता दैनिक दुई लाखभन्दा बढीमा संक्रमण देखिएको छ।

    भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बिहानसम्म थप २ लाख ३४ हजार ६९२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। १ लाख २३ हजार ३५४ जना भने संक्रमण मुक्त भएका छन्।

    पछिल्लो २४ घण्टामा संक्रमणका कारण १ हजार ३४१ जनाको मृत्यु भएको छ। भारतमा हालसम्म १ लाख ७५ हजार ६४९ जनाको मृत्यु भइसकेको छ।

    हालसम्म भारतमा १ करोड ४५ लाख २६ हजार ६०९ जनामा संक्रमण पुष्टि भइसकेको छ। अहिले भारतमा कूल १६ हजार ७९ हजार ७४० सक्रिय कोरोना संक्रमित रहेका छन्।