अन्तराष्ट्रिय श्रमिक दिवसमा स्वास्थ्य सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    अन्तराष्ट्रिय श्रमिक दिवसमा स्वास्थ्य सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    १७ बैशाख २०७८, शनिबार

    दुलेगौँडा : अन्तराष्ट्रिय  श्रमिक दिवसको अवसरमा नेपाली काङ्ग्रेसकाे भातृ सङ्गठन ट्रेड युनियन शुक्लागण्डकीले कोरोना भाईरस सम्बन्धी सचेतनासँगै स्वास्थ्य सामग्री वितरण गरेको छ ।  शनिबार दुलेगौँडा वन्केवा चोकमा कार्यक्रम गर्दै कोरोनाबाट जोगिन यातायात मजदुरलाई मास्क वितरण गरेको अध्यक्ष नारायण पोखरेलले बताउनुभयो ।

    नेपाल नाई संघ, मेकानिकल संघ र शिक्षक संघलाई पनि मास्क र सेनिटाईजर उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ५ सय थान मास्क र ३ लिटर सेनिटाईजर वितरण गरिएको छ ।

    सो अवसरमा बोल्दै नेविसंघ तनहुँका अध्यक्ष एवम नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि चुडामणि खनालले कोरोनाबाट बच्न जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गर्नुभयो । श्रमिक वर्गको सम्मान र उचित ज्यालाको व्यवस्था हुनुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा ट्रेड युनियन शुक्लागण्डकीका उपाध्यक्ष देवी न्यौपाने, दाताराम अधिकारी, रस्सा गुरुङ लगायतले बोल्नुभएको थियो ।