दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा ६६ जनाको स्वाब सङ्कलन गरिएको छ । पिसीआर परीक्षणका लागि नगरपालिकाको स्वास्थ्य शाखाले आइतबार ६६ जनाको स्वाब सङ्कलन गरेको हो ।
कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका ३१ जना कर्मचारी, ८ जना नेपाली सेना र २७ जना अन्य सर्वसाधारणको स्वाब सङ्कलन गरिएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयो ।
नगरपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण भएपछि स्वास्थ्य शाखाले सम्पर्कमा आएका सबै कर्मचारीको स्वाब सङ्कलन गरेको थियो । यस्तै नगरपालिकाका विभिन्न वडामा सङ्क्रमित भएकाहरुको पनि सम्पर्कमा आएका सबैको स्वाब सङ्कलन गरिएको श्रीवास्तवले जानकारी दिनुभयो । शुक्लागण्डकी नगरपालिकामा २२ जना सक्रिय कोरोना सङ्क्रमित छन् ।