शुक्लागण्डकीमा खतराको घण्टी, एकै दिन थपिए २७ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकीमा खतराको घण्टी, एकै दिन थपिए २७ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०७८, मंगलवार

    दुलेगाैडा : शुक्लागण्डकी नगरपालिकामा कोरोना भाईरसको सङ्क्रमणदरले खतराको घण्टी बजाएको छ । मङ्गलबार एकैदिन २७ जना सङ्क्रमित थपिएपछि जोखिम बढेको हाे ।

    आइबार स्वाब सङ्कलन गरि पिसीआर परीक्षणका लागि पठाइएका ६६ जना मध्ये २२ जनालाई मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयाे । उहाँका अनुसार सङ्क्रमित मध्ये पाँच जना नगरपालिकामा कार्यरत कर्मचारी रहेका छन् । १७ जना अन्य रहेको श्रीवास्तवले बताए ।

    आइतबार ३१ जना नगरपालिकाका कर्मचारी, ८ जना आर्मी र कन्टयाक ट्रेसिङमा परेका २७ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणका लागि पठाईएको थियो । मङ्गलबार दिउँसो गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कमा शुक्लागण्डकीका पाँच जनालाई सङ्क्रमण पुष्टि भएको थियो ।