जिपीमा अक्सिजन सहितको आइसोलेसन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिपीमा अक्सिजन सहितको आइसोलेसन

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७८, बुधबार

    दुलेगाैडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा ल्याउने तयारीमा जुटेको छ । दोस्रो लहरको कोरोना भेरियन्टको सङ्क्रमण दर बढेसँगै जिल्लाका दश वटै पालिकाले मिलेर बनाईदिएको भवनमा अक्सिजन सहितको आइसोलेसन बनाईदैछ ।

    ३० बेडको अक्सिजन सहितको आइसोलेसन दुई दिनभित्र सञ्चालनमा ल्याउने अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताउनुभयो । पाँच बेडमा मोनिटर सहितको अक्सिजन दिइने उहाँले बताउनुभयो । “अहिले जटिल प्रकृतिका कोभिडका बिरामी धेरै भएकाले हरेक बेडमा अक्सिजन पु¥याउने गरेर अक्सिजन पाइपलाइन जोडेका छौँ,” उहाँले भन्नुभयो ।

    उहाँले अक्सिजन प्लान्ट नभएकाले सिलिन्डरबाट अक्सिजनको व्यवस्थापन गर्ने जानकारी दिनुभयो । अस्पतालले आफ्नै खर्चमा अक्सिजनको पाइपलाइन र सिलिन्डर व्यवस्थापन गरेको हो । त्यसका लागि रु आठ लाख रुपैयाँ खर्च हुनेछ । आइसोलेसन कक्षका लागि उपकरण अभाव रहेको श्रेष्ठले बताउनुभयो । गत वर्ष पहिलो चरणको कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलदा अस्पतालले ५० बेडको आइसोलेसन सञ्चालन गरेको थियो ।