तनहुँमा एकैचोटि थपिए ३६ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा एकैचोटि थपिए ३६ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७८, बुधबार

    तनहुँ : तनहुँमा बुधबार एकैचोटि ३६ कोरोना सङ्क्रमित थपिएका छन् । शुक्लागण्डकी र भिमादमा ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सबै सङ्क्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।

    स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी नगरपालिकामा २६ र भिमाद नगरपालिकामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्लागण्डकी नगरपालिकाका २२ जनाको रिपोर्ट मङ्गलबार नै आएपनि स्वास्थ्य निर्देशनालयले सार्वजनिक बुधबार गरेको हो ।

    शुक्लागण्डकी नगरपालिका–२ का ८८, ४८, २४ वर्षीया महिला, शुक्लागण्डकी नगरपालिका–४ का २५, ४५, २५, ५० वर्षीया महिला, ४१ र ५ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–५ का २८, ५३ वर्षीया महिला, ३९, २२, २४ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–६ का २१ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–७ का २७, ५३ वर्षीया महिला, ३२ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–९ का २५, २२ वर्षीया महिला, १३, २२? २५ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–१० का २३ वर्षीया महिला, ४३ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–१२ का ४२ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।

    त्यस्तै भिमाद नगरपालिका–१ का ३० वर्षीय पुरुष, भिमाद नगरपालिका–३ का ३३, ५२ वर्षीय पुरुष, भिमाद नगरपालिका–५ का ५४ वर्षीया महिला, भिमाद नगरपालिका–६ का २०, ३१, ५६ वर्षीया महिला, ६४, १० वर्षीय पुरुष र भिमाद नगरपालिका–७ का ६६ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।