स्याङ्जा र पर्वतका कोरोना संक्रमितको पोखरामा मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    स्याङ्जा र पर्वतका कोरोना संक्रमितको पोखरामा मृत्यु

    खबरपुञ्ज संवाददाता

    २१ बैशाख २०७८, बुधबार

    पाेखरा : गण्डकी प्रदेशमा कोरोना थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले पर्वत र स्याङ्जाका १/१ संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

    मृत्यु हुनेमा स्याङ्जाको गल्याङ नगरपालिका ११ का ५० वर्षीय पुरुष र पर्वतको जलजला गाउँपालिका ७ का ८४ वर्षीय पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयाे । स्याङ्जाका संक्रमितको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र पर्वतका संक्रमितको मणिपाल शिक्षण अस्पताल बुधबार राति मृत्यु भएको हो ।

    योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ । प्रदेशमा संक्रमितको संख्या २० हजार ४ पुगेको छ । तीमध्ये १७ हजार ७२ जना निको भएका छन् ।