


दमाैली: तनहुँको व्यास नगरपालिकाले विकास समाचार प्रकाशित गर्ने पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्ने भएको छ । नगरपालिकाले गरेका विकासका कामका बारेमा कलम चलाउने पत्रकारलाई नगरपालिकाले पुरस्कृत गर्न लागेको हो ।
विकास समाचार प्रकाशित गर्ने उत्कृष्ट एक जना पत्रकारलाई रु दश हजार बराबरको व्यास नगर विकास पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय नगरपालिकाले गरेको छ । बुधबार बसेको कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो ।
बैठकले यस वर्ष पनि नगरपालिभित्र क्रियाशिल पत्रकारको कोरोना बीमा नगरपालिकाको खर्चमा गर्ने निर्णय गरेको छ ।