


तनहुँ : तनहुँमा बुधबार थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले दिउँसो ४ बजे सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र भिमाद नगरपालिकाका ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यसअघि बुधबार नै भिमादका १० र शुक्लागण्डकी नगरपालिकाका २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
सार्वजनिक विवरण अनुसार व्यास नगरपालिका–१ का ४२ वर्षीया महिला र ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै शुक्लागण्डकी नगरपालिका–३ का २६, २७ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–५ का ६४ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–८ का ३२ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिका–१२ का ६० वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–६ का ४५ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको विवरणमा उल्लेख छ ।
सबै सङ्क्रमित पोखरास्थित लाइफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणबाट पहिचान भएका हुन् ।