तनहुँ : कोभिडको जोखिम बढेपछि बुधबार राति १२ बजेदेखि तनहुँ जिल्लामा निषेधाज्ञा जारी भइसेकेको छ । तनहुँको ऋषिङ गाउँपालिका–२, ३, ४, ५, ६, ७, ८, ९ र घिरिङ गाउँपालिकाका सम्पूर्ण क्षेत्र बाहेक अन्य सबै ठाउँमा निषेधाज्ञा जारी भइसकेको छ ।
निषेधाज्ञा भएपनि खाद्यान्न तथा तरकारी किन्नका लागि भने ६ घण्टाको समय दिइएको छ । प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दुग्ध र दुग्धजन्य पदार्थको उत्पादन र विक्री वितरणका लागि बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्मको समय निर्धारण गरिएको छ ।
त्यस्तै निर्माण सामग्री पसल र सार्वजनिक निर्माणका लागि ढुवानी गर्ने साधन दिउँसो ११ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।