गण्डकीमा थप चार सङ्क्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा थप चार सङ्क्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २२ बैशाख २०७८, बिहीबार

    पाेखरा : गण्डकी प्रदेशमा थप चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कास्कीका तीन र म्याग्दीका एक सङ्क्रमितको पछिल्लो २४ घण्टाको अवधिमा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले बिहीबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    पोखरा महानगरपालिका–३ का ८७ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा बुधबार मृत्यु भएको छ । उहाँमा वैशाख २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिका–२९ का ४१ वर्षीय पुरुषको बिहीबार बिहान मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    पोखरा महानगरपालिका–१७ का ७३ वर्षीया पुरुषको बुधबार मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । म्याग्दीको धौलागिरी गाउँपालिका–२ की ७२ वर्षीया महिलाको बिहीबार बिहान मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २४१ पुगेकोछ ।